हेटौंडा— बागमती प्रदेशमा राजनीतिक हलचलका बीच मुख्यमन्त्री बहादुरसिंह लामाले नयाँ मन्त्रिमण्डल विस्तार गरेका छन्। बुधबार तीन जना नयाँ मन्त्रीहरू नियुक्त गरेका छन्।
मुख्यमन्त्री लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन्। नियुक्त भएकामध्ये लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने माया श्रेष्ठ र गीता गुरुङको जिम्मेवारी भने तोकिएको छैन। उनीहरूको आजै सपथ ग्रहणको तयारी गरिएको छ।
यसअघि काँग्रेसका पाँच मन्त्रीहरूले लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावलाई समर्थन गर्दै पदबाट राजीनामा दिएका थिए।
मुख्यमन्त्री लामाले संसदीय दलमा विश्वास गुमाएका भए पनि गठबन्धनको समर्थनमा सरकार चलिरहेको जनाउँदै, अविश्वास प्रस्ताव पारित नभएसम्म राजीनामा नदिने अडान लिएका छन्। उनले संसदीय दलको नेता नभए पनि मुख्यमन्त्री रहन सकिने संवैधानिक व्यवस्था भएको तर्क गरेका छन्।
यस घटनाले बागमतीको राजनीतिक परिदृश्यमा थप अन्योलता सिर्जना गरेको छ।