काठमाण्डौ । रुसको सुदूर पूर्वी तटमा ८.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थान (यूएसजीएस) ले बुधबार भूकम्प गएको जानकारी दिएको हो ।
रुसको कामचट्का प्रायद्वीप क्षेत्रमा बुधबार बिहान ८.७ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्प ८.७ म्याग्निच्युडको भएको बताएको छ । भूकम्प १९.३ किलोमिटर गहिराइमा गएको थियो ।
यूएसजीएसका अनुसार रुसमा करिब १३६ किलोमिटर टाढा र १९ किलोमिटर गहिराइमा भूकम्प गएको हो। काम्चात्का प्रायद्वीपमा सुनामीको जोखिम रहेको भन्दै स्थानीय बासिन्दालाई तटीय क्षेत्रहरूबाट टाढा रहन आग्रह गरेका छन्।शक्तिशाली भूकम्प गएपछि जापान र अमेरिकाले सुनामीको चेतावनी जारी गरेका छन्।
अमेरिकी अधिकारीहरूले अलास्का र हवाईका लागि सुनामी चेतावनी जारी गरेका छन्। हवाईमा तीन मिटर अग्ला छालहरू आउने चेतावनी दिइएको छ।