काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रूपमा देखिएको छ, जसका कारण अधिकांश भूभागमा मौसम बदली भई ठाउँठाउँमा वर्षा भइरहेको छ । हाल देशैभरि साधारणतया बदली रहेको छ भने कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै अन्य प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभरको मौसम सामान्यतया बदली रहनेछ । विशेषगरी कोशी, बागमती र लुम्बिनी प्रदेशका साथै देशका अन्य पहाडी तथा तराईका केही स्थानमा पनि  भूभागका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । 

राति लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा मौसम सामान्यतया बदली रहनेछ भने बाँकी तराई भूभागमा आंशिक बदली हुनेछ । रातिको समयमा पनि लुम्बिनी प्रदेश र पहाडी क्षेत्रका थोरै स्थानमा तथा तराईका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ ।