काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा कसलाई कहिले जेल जानुपर्छ वा जान्नुपर्ने होइन भनेर पूर्वानुमान लगाउन नसकिने बताएका छन्।
आइतबार बालुवाटारमा आयोजित बिपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ कार्यक्रममा बोल्दै ओलीले नेताहरूलाई पूर्वाग्रह र प्रतिशोधका कारण जेलमा राखिने गरेको बताए।
प्रधानमन्त्री ओलीले दरबार हत्याकाण्डपछिको समय सम्झिँदै तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरूमाथि प्रत्यक्ष प्रतिबन्ध नलगाए पनि नेताहरूलाई जेलमा राख्ने काम भएको स्मरण गराए। उनले भने, "सरकारी निकायहरूलाई छोडेर आफ्ना खुशीले अरु मानिसलाई मुद्दा लगाउने र फसाउने काम भएको थियो।"
उनले थपे, "राजनीतिमा कहिले को जेल जान्छ भन्ने भन्न सकिँदैन। दरबार हत्याकाण्डपछि ज्ञानेन्द्र शाहले दलहरूमाथि प्रतिबन्ध नलगाए पनि नेताहरूलाई जेलमा राखेर थुनिएको थियो। शाही छानबिन आयोग बनाएर शेरबहादुर देउवामाथि पनि भ्रष्टाचारको मुद्दा चलाइएको थियो। यस्तो ड्रामा कसैले देख्न पाउँदैन, यस्तै ड्रामालाई सामना गर्नुपर्यो।"
प्रधानमन्त्री ओलीले बिपी कोइरालाका जीवनका धेरै आयाम रहेको पनि बताए।