विराटनगर— नेपाल प्रहरी प्रधान कार्यालयको साउन ५ गतेको पत्रअनुसार जनपद समूहतर्फ प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवा सिफारिसमा परेका प्रहरी निरीक्षक शेखर जंग मल्ललाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

उक्त अवसरमा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले मल्ललाई पदोन्नतिको अवसरमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। प्रमुख अतिथि कार्कीले मल्लले कोशी प्रदेश प्रहरी कार्यालयमा कार्यरत रहँदा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै आगामी जिम्मेवारी अझ जिम्मेवार र सफलतापूर्वक निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा बिदाइको क्रममा प्रहरी निरीक्षक मल्लले आफ्नो कार्यकालका अनुभवहरू साझेदारी गर्दै सबै सहकर्मीप्रति आभार व्यक्त गरे।

सो कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका सिनियर तथा जुनियर प्रहरी अधिकृतहरू, प्रहरी कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो।