काठमाडौं । नेपालको अर्थतन्त्रमा बलियो संरचना र सञ्जाल बनाएको मारवाडी समुदाय यतिबेला कामठाडौंमा कोलाहलमा छन् । लामो समयदेखि नेपालको व्यापारमा एकछत्र राज चलाउँदै आएका मारवाडी समुदाय तस्करीका विभिन्न मुद्दामा पनि जोडिने गरेका छन् । विचौलिया र तस्करी प्रकरणमा मुछिने गरेका उनीहरु नेपाली र भारतीय दोहोरो नागरिकताका कारण जोगिने गरेका छन् ।

ललिता निवासको जग्गा कीर्ते र लिएका मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयल नै यतिबेला फरार रहेका छन् । उनी १८ रोपनी भन्दा धेरै जग्गा कीर्ते गरेर लिएको आरोप लागिरहेको छ । दाजु कैलाशचन्द्र गोयलमात्र होइन, भाई श्रवण गोयल र आफन्तहरु देवान्सी गोयल र निर्मलादेवी गोयल पनि फरार रहेका छन् ।

OM Sai Pathibhara Hospital

त्यसले गर्दा नेपालमा उनीहरु सुरक्षित भइरहने र तस्करी पनि मौलाइरहने गरेको छ । नेपालमा ठूला बैंक तथा वित्तीय संस्था, बहुराष्ट्रिय कम्पनीलगायतमा उनीहरुको संलग्नता रहेको छ । खाद्यान्न र आयातसँग जोडिएका विलासितालगायत विभिन्न सामाग्रीमा पनि उनीहरुको हात रहेको छ । बैंक र खाद्यान्नमा एकछत्र राज चलाएकै कारण नेपालको अर्थतन्त्र एकप्रकारले उनीहरुले कब्जामा रहेको छ ।

त्यसैले, उनीहरुलाई विचौलिया र तस्करीमा अवसर सहजता रहेको छ । एक सय किलो सुन बरामद भएको प्रकरण र ललिता निवास जग्गा खरिदविक्री प्रकरणले भने मारवाडी समुदायका कर्तुत सार्वजनिकमात्र भएको छैन, उनीका अनेक धन्दा सार्वजनिकीसँगै अपराधमा संलग्नहरु भूमिगत हुन थालेका छन् । नेपाली र भारतीय दोहोरो नागरिकता भएका र तस्करीलगायत अनेक धन्दामा रहेका मारवाडीहरु सरकारी सूचनाबाट बाहिर पुगेका छन् ।

नेपाली र भारतीय दोहोरो नागरिकता भएका राकेश अडुकिया, गोविन्दलाल संघाई, श्रवण गोयल, कैलाश गोयल, मनोज केडिया, संदीप सारडाहरुले अहिले नेपालबाट वेपत्ता भएको सुरक्षा स्रोत बताउछ ।

नेपालमा बसेर तस्करी धन्दा चलाउने र २०८० साउन २ गतेको सय किलो सुन तस्करी प्रकरणमा जाडिएका पात्रा मारवाडी समुदायका राकेश अडुकिया फरार रहेका छन् । उनको घरमा छापा मारिएको छ । सुन तस्करी प्रकरणमा उनको नाम मुछिएपछि उनीमाथि अनुसन्धान भइरहेको छ । त्यहीकारण उनी भागिसकेका छन् । पछिल्लो उदाहरणको रुपमा अडुकिया देखिएपनि त्योभन्दा पहिला नै केही आर्थिक लगायत अपराधमा संलग्न मारवाडीहरु भूमिगत भएका छन् ।

उनीहरु नेपालमै छन वा भारतमा भन्ने चाहिँ प्रष्ट भएको छैन । तर, उनी सम्पर्कमा भने छैनन । ललिता निवासको जग्गा कीर्ते र लिएका मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयल नै यतिबेला फरार रहेका छन् । उनी १८ रोपनी भन्दा धेरै जग्गा कीर्ते गरेर लिएको आरोप लागिरहेको छ । दाजु कैलाशचन्द्र गोयलमात्र होइन, भाई श्रवण गोयल र आफन्तहरु देवान्सी गोयल र निर्मलादेवी गोयल पनि फरार रहेका छन् ।

उनीहरुलाई सीआईबीले खोजिगरिरहेको छ । नेपाली व्यापारी मीनबहादुर गुरुङ भने सुरुमै पक्राउ परे पनि हाल विरामीको वाहना बनाएर ज्वाइ“ सरह राज्यले अस्पताल बस्ने विशेष व्यवस्था गरेको छ । तर, गोयल परिवार फरार रहेको छ ।

नेपाली र भारतीय दोहोरो नागरिकता भएका उल्लेखित मारवाडीहरु हाल हंङकङ, बाक्बे, नया“ दिल्लीमका लुकेको नेपाल सरकारले सूचना पाएकाले उनीहरु विरुद्ध रेड कर्नर नोटिस जारी गरिने स्रोत बताउछ । भारतमा भ्रष्टाचार मामिलामा जिरो टॉलरेन्सको नीति रहेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदी बिच विभिन्न पक्षमा टेलिफोन वार्ता भएको थियो । २०८० साउन २० गते शनिबार प्रचण्ड र नरेन्द्र मोदी बिच टेलिफोन वार्ता भएको भारतीय दूतावासले जनाएको थियो ।

स्रोतका अनुसार, भारतमा अपराध गरेर नेपालमा बस्ने र नेपालमा अपराध गरेर भारतमा बस्ने दोहोरो नागरिकताधारीहरुको बारेमा समेत दुई देशका प्रधानमन्त्री बिचमा गंभीर वार्ता भएको छ ।

प्रहरीले व्यापारी मनोजकुमार केडियालाई पनि खोजिरहेको छ । सिद्धार्थ बैंकको अध्यक्ष समेत रहेका केडिया पनि फरारकै सूचीमा रहेका छन् । त्यसो त, उनी यसअघि पनि यो मुद्दामा तानिएका थिष्ए । ०७६ भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वयानका लागि सार्वजनिक सूचना जारी गरेको थियो । उनी आयोगको सम्पर्कमा नपुगेकै कारण सूचना जारी भएको थियो ।

यो जग्गा प्रकरणमा मारवाडी समुदायके अर्का व्यापारी सञ्जनकुमार चाचान पनि मुछिएका छन् । त्यससँगै सांघाई समुहका गोविन्दलाल सांघाई पनि मुछिएका छन् । उनीहरुले ललिता निवासको जग्गा खरिद गर्नेको सूचीमा रहेका छन् ।

कीर्ते गरी जग्गा खरिद गरेको आरोप उनीहरुमाथि लागेको मात्र होइन, बयानका लागि आव्हान पनि गरेका छन् । तर, सरकारका अन्य निकायका कर्मचारीहरु सम्पर्क र अनुसन्धानमा तानिए पनि उनीहरुलाई पक्राउ गर्न प्रहरीले सकिरहेको छैन ।

सरकारी कर्मचारी, केही ससाना नेपाली व्यापारीहरुलाई गिरफ्तार गरेर प्रहरीले ठूलो र प्रभावशाली मानिएका व्यापारीहरु कारबाहीको सूचीमा परेका छैनन् । त्यही मौकाको फाइदा उठाएर अपराधकर्ममा संलग्न मारवाडीहरु काठमाडौं छोडेर भूमिगत भएका छन् । अनेक आर्थिक अपराधमा जोडिएका र दोहो नागरिकता लिएर नेपालमा रहेका मारवाडीहरुले अघोषित शासन गर्दै आएका छन् । उनीहरुको यो सत्ताभित्र विचौलिया र तस्करीको धन्दा भने पुरानो र बलियो रहेको छ ।

संसदीय समितिले आजभन्दा अढाई दशक अघि २०५५ साल नै राजश्व छली तथा तस्करीमा मुछिनेहरुको नाम सार्वजनिक गरेको थियो । तात्कालीन सांसद परी थापाको नेतृत्वमा रहेको संयुक्त संसदीय समितिले सार्वजनिक नाममा पनि तस्करी धन्दामा संलग्नमा मारवाडीहरुको नाम नै धेरै भेटिएको सार्वजनिक गरेको थियो ।

त्यो क्रम अहिलेसम्म रोकिएको छैन । बरु उल्टै बलियो बन्दै गएको छ । तस्कर अपराधीहरुले दलका शक्तिशाली नेता र राज्य संयन्त्रलाई नियन्त्रण लिनेसम्मको खेल हुन थालेको छ । तस्करहरुको बलमा राज्यका संयन्त्रहरु परिचालन हुने अवस्था अपराधकर्ममा संलग्न केही मारवाडीहरु गरिरहेको पुष्टि पनि हुन्छ ।