काठमाडौं – राज्य व्यवस्था तथा सुशासन समितिले आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग छलफल गर्दैछ। 

समिति सभापति रामहरि खतिवडाका अनुसार बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्ने विधेयकका सम्बन्धमा छलफल हुनेछ। सोही विषयमा प्रधानमन्त्री र गृहमन्त्रीलाई छलफलका लागि बोलाइएको हो।

OM Sai Pathibhara Hospital

बैठक सिंहदरबारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा आज मध्यान्ह सवा १२ बजे सुरु हुने तय भएको छ।