काठमाडौं– विभिन्न स्थानहरूमा जुवातास खेलिरहेको अवस्थामा ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले आइतबार गरिएको छापा क्रममा विभिन्न स्थानमा जुवातास खेलिरहेका व्यक्तिहरूलाई पक्राउ गरेको हो।

काठमाडौंस्थित कीर्तिपुर नगरपालिका-८ का राम कृष्ण महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा राम कृष्ण महर्जनसहित ५ जनालाई पक्राउ गरिएको छ। प्रहरीले उनीहरूलाई नगद ९९,९०० रुपैयाँ र ३ बुक तास बरामद गरेको छ।

OM Sai Pathibhara Hospital

यस्तै, ललितपुर महानगरपालिका-२६ सुनाकोठी मलिफाँटमा अमृता राईको घरमा जुवातास खेलिरहेका ७ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। यसमा नगद १,३०,९२० रुपैयाँ र ९ बुक तास बरामद भएको छ।

झापाको मेचिनगर नगरपालिका-१० मा यम बहादुर ठकुरीको कोठामा १२ जनालाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको छ, जसमा नगद २३,३९४ रुपैयाँ र १ बुक तास बरामद भएको छ।

कैलालीको लम्कीचुहा नगरपालिका-१ का तारा शर्माको घरमा पनि ८ जनालाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको छ। प्रहरीले यहाँ नगद २७,५५० रुपैयाँ र १ बुक तास बरामद गरेको छ।

प्रहरीले पक्राउ गरिएका व्यक्तिहरूको बिरुद्ध आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।