काठमाण्डौ । सर्वोच्च अदालतले व्यवसायी मीनबहादुर गुरूङले नेकपा (एमाले)लाई दान दिएको जग्गामा कुनै संरचना नबनाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।

न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले उक्त जग्गादानविरुद्ध व्यवसायी गुरुङले दानमा दिएको जग्गा विवादमा अन्तरिम आदेश जारी गरेको छ।

OM Sai Pathibhara Hospital

यस विवादको निरूपणका लागि सर्वोच्चले एमाले र मीनबहादुरलाईसमेत छलफलका लागि झिकाएको छ । बस्तेनले दायर गरेको उक्त रिट सुरुमा सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो । मंगलबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले प्रशासनको दरपीठ गर्ने निर्णय बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको थियो ।

भाटभटेनीका सञ्चालक गुरूङ र उनकी श्रीमती सावित्री गुरूङले काठमाडौंको कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरमा एमालेका लागि पार्टी कार्यालय बनाउन जग्गा दान गरेका थिए ।

एमालेले गुरुङबाट जग्गा दान लिएको विषय कानुनविपरीत भएको भन्दै अधिवक्ता ज्ञानबहादुर बस्नेतले भवन निर्माणसमेत रोक्न मागसहित रिट हालेका थिए ।

पार्टी कार्यालय भवन बनाउन दान गरेको १० रोपनी १४ आना जग्गा असोज २५ गते एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरिसकेका छन् ।