काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी प्रकरणमा मुछिएका कुनै पनि पार्टीका व्यक्तिहरूलाई कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् । उनले दोषी ठहरिएका व्यक्तिहरूमा आफ्नै पार्टीका उपसभापति धनराज गुरुङ भए उनीमाथि पनि कारबाही गर्नुपर्ने उनको भनाई रहेको थियो । 

आज राष्ट्र बैंकका कर्मचारीहरूको शुभकामना आदानप्रदान कार्यक्रममा थापाले यस्तो बताएका हुन् । उनले गुरुङको संलग्नता सन्दर्भमा थप अनुसन्धान गर्नुपर्ने भन्दै दोषी देखिए अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताए ।

OM Sai Pathibhara Hospital

देशमा कोही पनि कानुनभन्दा माथि नभएको भन्दै उनले नेकपा एमालेका नेता ऋषिकेश पोखरेलको नामसमेत लिँदै अनुसन्धानको माग गरेका छन् । थापाले राष्ट्र बैंकलाई स्वायत्त बनाउनुपर्ने पनि बताए र यस विषयमा गम्भीर समीक्षा गर्न सुझाव दिए ।