काठमाडौं– आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा नेकपा (एकीकृत समाजवादी)ले स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्ने भएको छ । यसअघि पार्टीले पाँच दलीय गठबन्धनसँग मिलेर चुनावमा जाने निर्णय गरेको थियो, तर यसपटक समाजवादी मोर्चामा आवद्ध भए पनि एक्लै जाने निर्णय लिएको छ ।

समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष माधवकुमार नेपालले केही ठाउँमा उम्मेदवार तय भइसकेको र बाँकी ठाउँमा पनि तयारी भइरहेको जानकारी दिए । 

OM Sai Pathibhara Hospital

नेपालले देशको राजनीतिक समीकरण अनिश्चित भएको र पार्टी सुदृढीकरणमा ध्यान केन्द्रित रहेको बताए । सहकारी घोटालामा दोषीलाई कारबाही गर्नुपर्ने र निर्दोषलाई अन्यायमा नपार्न सरकारलाई ध्यान दिन आग्रह पनि गरे । उनले सत्तातिर भन्दा पार्टीलाई संगठनात्मक रूपमा बलियो बनाउनुपर्नेमा जोड दिए ।