काठमाडौं – संसदीय सुनुवाइ समितिले कात्तिक १४ गते बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको सुनुवाइ गर्ने भएको छ। 

सिंहदरबारमा सोमबार बसेको समितिको बैठकले सचिवालयले तयार पारेको प्रस्ताव पारित गर्दै सुनुवाइ एकैदिन गर्ने निर्णय गरेको हो। समितिका ज्येष्ठ सदस्य पशुपति समशेर जबराले उजुरीकर्ताको उजुरीमाथि सुनुवाइ गरी सुनुवाइ प्रक्रिया एकैदिनमा सम्पन्न गर्ने जानकारी दिए । सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ अनुसार प्रस्तावित कार्यतालिका संशोधनसहित पारित गरिएको छ।

OM Sai Pathibhara Hospital

बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल परराष्ट्र सचिव हुन भने न्यायाधीशद्वयको सम्बन्धमा उजुरीकर्तालाई सुनुवाइमा सहभागी गराई थप जानकारी लिइने छ। आगामी बैठक कात्तिक १४ गते बिहान ८ बजेका लागि तय गरिएको छ।