काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत गरेका छन् । पार्टीका केन्द्रीय सदस्य डा. गोपाल दहित प्रमुख रहेको यस विभागमा विधानअनुसार सदस्य मनोनयन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

नवनियुक्त सदस्यहरूमा रामनारायण कठरिया महतो, रामदत्त जोशी (लेकुडा), हेमलाल पाण्डे, दीपकराज तिमिल्सिना, ठाकुरप्रसाद भुसाल, श्यामकुमार बुढा, उपेन्द्रराज सिग्देल, श्रवणराज मैनाली, सीतादेवी सापकोटा (फुयाल), र प्रह्लादकुमार कामत रहेका छन्।