बझाङ – तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा१८च ५१४९ नम्बरको जीप भोपूरमा दुर्घटनाग्रस्त भएको छ। सात जना यात्रु सवार उक्त जीप तीव्र गतिको कारण सडकमै पल्टिएको हो। 

दुर्घटनामा घाइते हुनेमा जीपका चालक ५६ वर्षीय बीरबहादुर बम, ४५ वर्षीया धनलक्ष्मी बम, १७ वर्षीय शङ्कर धामी, र २५ वर्षीया विद्या बोहोरा रहेका छन्। घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।