काठमाडौं–नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले तोकेको नयाँ दर अनुसार, अमेरिकी डलर एकको खरिददर १३४ रुपैँया २४ पैसा र बिक्रीदर १३४ रुपैँया ८४ पैसा कायम गरेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १४४ रुपैँया ९१ पैसा र बिक्रीदर १४५ रुपैँया ५६ पैसा रहेको छ ।

बेलायती पाउण्ड स्टर्लिङको खरिददर १७४ रुपैँया र बिक्रीदर १७४ रुपैँया ७८ पैसा रहेको छ भने स्वीस फ्रयाङ्कको खरिददर १५४ रुपैँया ८६ पैसा र बिक्रीदर १५५ रुपैँया ५५ पैसा छ । अन्य मुद्रा मध्ये, अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैँया ६५ पैसा र बिक्रीदर ८९ रुपैँया ५ पैसा, क्यानेडियन डलरको खरिददर ९६ रुपैँया ६३ पैसा र बिक्रीदर ९७ रुपैँया ६ पैसा कायम भएको छ ।

OM Sai Pathibhara Hospital

राष्ट्र बैंकले चिनियाँ युआन, जापानी येन, साउदी रियाल, कतारी रियाल लगायतका मुद्राहरुका लागि पनि खरिद र बिक्री दर तय गरेको छ । बैंकले आवश्यक परेमा विनिमय दरलाई संशोधन गर्न सकिने जनाएको छ भने अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध रहने जानकारी दिएको छ ।

Screenshot 2024-10-28 065626