काठमाडौं – सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । छापावाल सुनको मूल्य ४०० रुपैयाँ घटेर आज १ लाख ६७ हजार रुपैयाँ पुगेको छ । हिजो सुन तोलामा १ लाख ६७ हजार ४०० रुपैयाँ पुगेको थियो । 

त्यस्तै, छापावाल सुनको प्रति १० ग्रामको मूल्य पनि घटेर १ लाख ४३ हजार १७५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्यमा पनि कमी देखिएको छ। आइतबार तोलामा २ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २ हजार ६५ रुपैयाँमा झरेको छ ।