Screenshot_2023-05-08-12-59-03-56_a23b203fd3aafc6dcb84e438dda678b6पोखरा । पराराष्ट्रमा मन्त्रालयका नायव सुब्बा ३१ वर्षीय अनुप भण्डारी पोखरामा बेगनास तालमा सोमबार मृत भेटिएका छन् ।  विराटनगर राजवंशी चोकका अनुप भण्डारी   परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागमा नासुमा कार्यरत थिए ।

बिहान ८ बजे डुगाघाट भन्दा ४ सय मिटर टाढा पानीमा तैरिरहेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

OM Sai Pathibhara Hospital

प्रहरीले घटनास्थल पुगी शव तालबाहिर निकालेर हेर्दा साथमा भेटिएको परिचय पत्रका आधारमा भण्डारीको पहिचन खुलेको थियो । 

भण्डारी आइतबार राति मध्यरात १ बजे काठमाडौंबाट जहाज चढेर पोखरा आएका थिए।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले बेगनासतालमा भण्डारी फेला परेको पुष्टि गरे ।

३१ वर्षीय भण्डारी जहाजबाट पोखरा आइसकेपछि भण्डारीले राति २ बजे आफ्नो परिवारलाई पोखरा आइपुगेको सन्देश पठाएको स्रोतले जनाएको छ।

उनी आइतबार राति १० बजे अपिस जानुछ भनेर घरबाट निस्केका थिए ।