काठमाडौं । प्रि-बजेटबारे छलफल गर्न प्रतिनिधिसभा बैठक सुरु भएको छ । बिहान ११ बजे बस्ने तय भएको बैठक करिब आधा घण्टा ढिला गरी सुरु भएको हो । बैठकको कारबाही प्रारम्भ भएको जानकारी दिँदै सभामुख देवराज घिमिरेले आजको बैठकमा विशेष समयको प्रवन्ध नगरिएको जनाएपछि सांसदहरुले उठेर आपत्ति जनाएका छन् ।
सभामुखले विशेष समय नछुट्याएको विरोधमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसदभित्रै कपडा खोलेका छन् । सभामुखले सदनभित्र सव्य व्यवहार प्रस्तुत गर्न आग्रह गर्दै संसद नियमावलीको नियम ३० अन्तर्गत बैठकमा असव्य व्यवहार नगर्न चेतावनी दिए ।
सभामुखको चेतावनी पछि सांसद सिंहले आफ्नो कपडा लगाएका छन्