काठमाडौँ । आज संवैधानिक परिषद्को बैठक बस्दैछ। प्रधानन्यायधिस नियुक्तीलगायतको बिषयमा छलफल गर्नका लागि सोमबार संबैधानिक परिषदको बैठक बस्न लागेको हो। बैठक साँझ ६ बजे बस्नेछ।

उपसभामुख इन्दिरा राना मगरका अनुसार गत बैठकको निरन्तरताको स्वरुप आजका लागि बैठक बोलाईएको हो। उनका अनुसार नयाँ थप कार्यसुची उल्लेख छैन।

OM Sai Pathibhara Hospital

संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको पहिलो अधिवेसनका अन्तिम समयमा संबैधानिक परिषद सबन्धी (संसोधन) बिद्येयक पेश गर्ने सहमति भए पनि अन्तिम समयमा आएर रोकिन पुगेको थियो।

संबैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्रीलाई बिशेषाधिकारसहित बुदाँ थप गरेर बिद्येयक ल्याईए पछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको थियो।

प्रमुख प्रतिपक्ष दल एमालेको आपत्ति पछि कार्यसुचीमा समावेश गरिसकेको सो बिद्येयक अन्तिममा फिर्ता लिर्ईएको थियो। एमालेले संसदीय सुनवाईको पुर्णता पछि मात्रै सो बिद्येयक अघि बढाउनु पर्ने सर्त राख्दै आएको छ।