काठमाडौं । नेपाल टेलिकमको केन्द्रीय स्टोरअन्तर्गत थानकोट स्टोरमा कार्यरत वरिष्ठ सहायक रामचन्द्र लामिछाने सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएका छन् ।

न्यायाधीशद्वय बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासले लामिछानेलाई दोषी ठहर गरेको हो ।साथै इजलासले सजाय निर्धारणका लागि अर्को पेसी तोक्न आदेश दिएको छ ।

OM Sai Pathibhara Hospital

लामिछानेमाथि नेपाल टेलिकमको बोलपत्रअन्तर्गत ब्याट्रीको लिलामी समाप्त भएपछि नेपाल टेलिकमका विभिन्न कार्यालयहरूबाट थानकोट स्टोरमा भण्डार गरी राखेको आरोप लगाइएको थियो ।

लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ असोजमा २९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।