काठमाण्डौ  ।   तनहुँ-१ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी भएका छन ।वाग्ले १४ हजार बढी मतान्तरसहित विजयी भएका हुन ।

वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन । त्यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत मात्र प्राप्त गरेका छन ।

OM Sai Pathibhara Hospital

तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६५ हजारभन्दा बढी मत खसेको थियो । वाग्लेले कुल सदर मतको ५२ प्रतिशतभन्दा बढी हासिल गरेका हुन। FB_IMG_1682386946220