काठमाडौँ । काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी भएको छ । नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्रका अनुसार एउटा इन्जिनमा आगो लागेपछि प्लेन आकस्मिक अवतरण गर्न लागेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिनमा आगलागी भएकाे छ । उडेको केहिबेरमै इञ्जिन फेल भएर आगलागी भएपछि ‘फार्स ल्याण्डिङ’को तयारी गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण स्राेतले जनाएको छ ।
१६२ जना यात्रु बोकेको फ्लाई दुबईकाे जहाजको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी भएको बताइएको छ । जहाजको देब्रे इन्जिन फेल भएर आगो लागेको टावरलाइ जानकारी गराइएको छ । दाहिने पट्टिको इन्जिनको अवस्था जाँच गरेर के गर्ने भन्ने सल्लाह हुँदैछ ।
जहाज अहिले धादिङको धार्के माथीको आकासमा होल्ड गरिएको छ टिआइएले जनाएको छ । त्रिभुवन विमानस्थल राति ९ बजेर २१ मिनेटमा उक्त जहाज उडेको हाे ।
काठमाडौं बाट दुबइ का लागि उडेको जहाजमा अचानक आगलागि हुदा आकस्मिक अवतरणको प्रयास गरिरहेको छ । केही मिनेट अघि काठमाडौंको आकाशमा ठुलो आवाज आएको थियो ।