पथरी  ।  युवाहरुलाई लागुपदार्थ दुब्र्यसनीबाट न्युनिकरण गर्ने उदेश्यका साथ पथरी जेसीसले १ दिने सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

ग्रमिण भेगमा दुव्र्यसनीका कारण विकृती बडदै गएका कारण पथरी शनिश्चरे वडा नं। ४ मा रहेको सरस्वती आधारभुत विद्यालय र भागरिथ माविमा कार्यक्रम संचालन भएको हो ।

OM Sai Pathibhara Hospital

पथरी शनिश्चरे लागुपदार्थ दुव्र्यसनीमा उच्च जोखिम क्षत्रमा पर्दछ । पथरी जेसिसले बार्षीक कार्यक्रम अन्तरगत पथरी शनिश्चरे नगर भित्रका सामुदायीक विद्यालयमा लागुपदार्थ दुव्र्यसनी बिरुद्ध सचेतना कार्यक्रम गर्दै आएको छ । पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोग र ईलाका प्रहरी कार्यालय पथरी शनिश्चरेको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

मोरङ लागुपदार्थ दुव्र्यसनीमा ४ नम्वरमा रहेको त्यसमा पनी पथरी शनिश्चरे उच्च जोखिम्मा रहेको कार्यक्रमका प्रमुख अतिथी तथा पथरी शनिश्चरे वडा नं। ४ का वडाध्यक्ष लोक किरण न्यौपानेले बताउनु भयो । पछिल्लो समय युवाहरु लागुपदार्थ दुब्र्यसनी तर्फ आकर्षण बढ्दै गएका कारण जेसिसले गाउँ गाउँमा सचेतना अभियान संचालन गरेको कार्यक्रम संयोजक गंगाराम शाहाले बताउनु भयो ।

कार्यक्रममा दुव्र्यसनीका असर र यसबाट बच्ने उपायाका बारेमा प्रशिक्षक जेसि प्रदिप बिष्ट र प्रहरी साहायक निरिक्षक प्रदिप भट्टराईले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा गाउँका किशोर किशोरी, युवा, महिला र विद्यालयमा अध्यानरत ३ सय बढिको उपस्थीती रहेको थियो ।पथरी जेसिसका अध्यक्ष सुवर्ण खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रम पथरी जेसिसका सचिव अनोज घिमिरेले संचालन गर्नु भएको थियो ।