काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ८१० जनाको कोरोना परीक्षण गर्दा ११३ जनामा संक्रमण देखिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार ६४ जनामा आरटी पीसीआर परीक्षण गर्दा र ४९ जनामा एन्टिजेन गर्दा संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार हाल देशभर ३६२ जना सक्रिय संक्रमित रहेका छन्।