काठमाडौं    ।    प्रतिनिधि सभाका १० मध्ये दुई समिति प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पाउने भएको छ ।

संयुक्त समितिमध्ये राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति पनि एमालेले पाउने सहमति भएको एमालेक संसदीय दलका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

उनका अनुसार बाँकी रहेको अर्को संयुक्त समिति संसदीय सुनुवाइ समितिको नेतृत्व कांग्रेसले लिने सहमति भएको छ ।

प्रतिनिधि सभा अन्तर्गतका अन्य आठवटा विषयगत समिति भने सत्तारूढ दलहरूबीच बागबन्डा गर्ने सहमति गठबन्धनमा यसअघि नै भइसकेको छ ।