Screenshot_2023_0423_163621काठमाण्डौ  ।  परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले संखुवासभा जिल्लाको उत्तरी सीमानाका किमाथांका सुचारु गर्ने विषयलाई उच्च प्राथमिकता दिने बताएका छन्।

आईतवार मन्त्रालयमा संखुवासभा जिल्लाका प्रतिनिधि र कोशी प्रदेशका सांसदहरुले संयुक्त रुपमा किमाथांका नाका खोल्न चीन सरकारस्ँग पहल गरिदिन बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै मन्त्री साउदले किमथांका नाका सञ्चालन गर्नेकुरा आफ्नो पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताएका हुन्।

OM Sai Pathibhara Hospital

किमाथांका नाका ऐतिहासिक नाका भएको र पूर्वको व्यापार व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्ने नाका भएकाले नाका खोल्नेकुरा पहिलो प्राथमकितामा राख्ने बताए।

उनले नेपाल र चीनबीचको सम्बन्धलाई बढाउन र व्यापार व्यवसाय पनि बिस्तार गर्नका लागि किमथांका नाका सहज र छोटो दुरीको माध्यम बन्ने भएकाले चीन सरकारसँग नाका खोल्नका लागि आवश्यक पहल गर्ने बताएका छन।

जिल्लाका प्रतिनिधिहरुले नेपालका लागि व्यवसायिक हिसावमा चीनसँगको नाकाहरु महत्वपूर्ण भएकाले सबै नाकाहरु खुलाउन समेत पहल गर्न आग्रह गरेका छन्।

पहिचानमा रहेका थोरै सीमानाकाहरु मध्ये संखुवासभा जिल्लास्थित उत्तरको नाका किमाथांकालाई खुलाउन विशेष जोड गर्न आग्रह गरेका छन्।