काठमाण्डौ । चितवनको भरतपुर 10 मा बुथ अबलोकन गर्न जाँदा पार्टी सभापति रबि लामिछाने, दिपक बोहोरा लगायत टिममाथी हातपात भएको छ। उक्त आक्रमणमा दिपक बोहराको मोबाइल फुटेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि चितवनमा हातपाइ भएको छ । मतदान केन्द्रको अवलोकन गर्न जाने क्रममा केही व्यक्तिहरु उनीमाथि आइलागेका थिए ।
केही युवाहरु रबि माथी जाइलागे पछि प्रहरीले रविलाई सुरक्षा दिएर लगेको छ । ती युवाहरु र प्रहरीबीच झडप समेत भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहेराले त्यसबेला सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण गरिरहेका बेला एक जनाले उनको मोबाइल खोसेर फ्याकिदिएका थिए।
दिपक बोहराका अनुसार सभापति लामिछानेलाई कुनै चोटपटक लागेको छैन । हिँडिरहेका समयमा सभापतिज्यूले सबैलाई अभिवादन फर्काइरहनुभएको थियो। बाटोमा बसिरहेकाहरुले उहाँको समर्थनमा नारा लगाए हामी उहाँहरुलाई नारा नलगाउन भनिरहेका थियौंं । त्यत्तिकैमा एक्कासी आक्रमण भयो। आक्रमण प्रयास गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै गरि, चितवनको भरतपुर महानगरपलिका वडा नम्बर ११ भोजाड स्थित नयाँकिरण मावि मतदान रोकिएको छ र सो स्थलमा तनाव भएको हो।
सो घटनाको दिपक बोहरा र हेम राज थापाले आफ्नो फेसबुक वालबाट जानकारी दिएका छन।