काठमाडौँ – स्वदेशमा उत्पादित सवारी साधन दर्ता प्रकृया अहज हुँदा उद्यम गर्नेहरू पलायन हुन थाले भन्ने समाचारप्रति प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण भएको छ ।
यस विषयलाई गम्भीरतापूर्वक लिएर समस्या समाधानको प्रकृया अगाडि बढाउने दाहालले बताएका छन्।
यात्री लगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको छु।
सवारी साधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवर्धन गर्नेगरि तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्यसचिवमार्फत् सम्बन्धित निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीले भनेका छन्।
यात्री मोटरसाइकलको उत्पादन स्वदेशमै गरेर बजारीकरण गर्न असहज भएको भन्दै विभिन्न मिडियामा समाचार आएपछि सरकारको आलोचना भएको थियो।
यात्रीले दर्ता प्रकृयामा समस्या देखिए पनि समाचारमा आएजस्तो स्वदेशबाट पलायन भने नभएको बताएको छ।