पाल्पा । बुटवलबाट बाग्लुङ जादै गरेको लु १ ख ५९५६ नम्बरको बस पाल्पाको तिनाउ गाउँपालिका ५ जोरधारा नजिक दुर्घटना भएको छ ।
बस सडकबाट करिब २ सय ५० मिटर तल खसेको छ । दुर्घटनमा प्रहरी पुगेर उद्धार भइरहेको छ । करिब ९ः ४५ बजे तिर दुर्घटना भएको थियो।
प्रहरीका अनुसार दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ भने ३६ जना यात्रु घाइते भएका छन् । मृतकको पहिचान खुल्न सकेको छैन । घाइतेलाई लुम्बिनी मेडिकल कलेज पठाइएको छ।