विराटनगर । विराटनगर आज तनावग्रस्त बनेको छ । पदम लिम्बूको शवलाई सहर प्ररिक्रमा गराउने क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । पदमको शवलाई बजार परिक्रमा गराउने क्रममा निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको हो ।Screenshot_2023_0422_140857

कोशी नाम खारेजको माग गर्दै आन्दोलन गर्ने क्रममा घाइते भइ मृत्युवरण गर्न पुगेका पदम लिम्बू (लाजेहाङ)को शवयात्रा गर्ने क्रममा विराटनगरको रोडशेषमा झडप भएको हो । पहिचान पक्षधरले कोशी नाम खारेजको माग गर्दै गत चैत ५ गते विराटनगरमा गरेको वृहत प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । सोही झडपमा परी लाजेहाङको टाउकोमा चोट लागेको थियो ।FB_IMG_1682153321248

OM Sai Pathibhara Hospital

टाउकोमा चोट लागेका उनलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको थियो । त्यसपछि प्रदेश पुन नामाकरण संयुक्त संघर्ष समितिले उनलाई सहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग गरेका थिए । लाजेहाङलाई संघीय सरकारले सहिद घोषणा गर्ने र उनको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ भने कोशी प्रदेश सरकारले पनि उनको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ ।Screenshot_2023_0422_143712 1

यद्यपि संघर्ष समितिले भने प्रदेशको नाम कोशी खारेज नगरेसम्म शव उठाउन नदिने बताउँदै आएका थिए । तर, विभिन्न पक्षको छलफलपछि भने एक महिनापछि लाजेहाङको अन्त्येष्टि गर्न उनीहरु सहमत भएका छन् । लाजेहाङको शव विपी प्रतिष्ठान धरानको शव गृहमै रहेको थियो ।FB_IMG_1682153328607

लाजेहाङको अन्त्येष्टि गर्नुअघि धरानमा, इटहरी, विराटनगरको रोडशेष चोकमा श्रद्धाञ्जली अर्पण तथा श्रद्धाञ्जली सभा गर्ने र कोशी प्रदेशसभा परिक्रमा गराउने उनीहरुको कार्यक्रम थियो । सोही क्रममा झडप भएको हो ।Screenshot_2023_0422_143438 1

प्रहरीले दर्जनौँ सेल अश्रृग्यास प्रहार गरेको छ । प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन् । कोशी प्रदेश नामाकरणको विरोधका क्रममा गत चैत ५ गते लिम्बूको मृत्यु भएको थियो । सरकारले उनलाई सहिद घोषणा गरेपछि बल्ल आज उनको अन्त्येष्टी गर्न लागिएको हो ।