काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका दुई छोरीसहित १२ नेताको नागरिकता छानबिन गर्न माग गर्दै गृहमन्त्रालयमा अधिवक्ता एवम् अभियन्ता युवराज पौडेल (सफल)ले उजुरी गरेका छन।
पौडेलले उजुरीमा प्रचण्डका दुई छोरीसहित १२ जनाको नेपाली नागरिकता र पीआर तथा ग्रिनकार्डको छानबिन गर्न माग गरेका छन् ।
पौडेलले उनीहरुको नागरिकता, पिआर, ग्रिनकार्डबारे छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको पनि माग गरेका छन् ।
पौडेलले उजुरीमा प्रचण्डका दुई छोरी रेणु दाहाल र गंगा दाहालसहित राजेन्द्र महतो, सरिता गिरी, सुजाता कोइराला, अनुराधा कोइराला, परमानन्द झा, देवेन्द्रराज कँडेल, डा. स्वर्णिम वाग्ले, डा. मीनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडुको नाम उल्लेख गरेका छन् ।