झापा  झापा जिल्लाको कचनकवल गाउँपालिकाले ३८ जना करार शिक्षकलाई बिना जानकारी सेवाबाट निष्कासन गरेको छ।

बैशाख ५ गते देखि विद्यालयमा हाजिर हुन नदिनेगरी उनीहरुलाई सामूहिक रुपमा निष्कासन गरिएको हो ।

OM Sai Pathibhara Hospital

गाउँपालिका कार्यालयले बैशाख ४ गते सूचना जारी गरी विभिन्न सामुदायिक विद्यालयहरुमा कार्यरत गाउँपालिका अनुदानका निजी शिक्षक , मावि कम्प्युटर शिक्षक , अनुदान शिक्षक तथा बाल शिक्षक एवं करार शिक्षकहरुलाई बैशाख ५ देखि कामबाट निष्कासन गरेको जनाएको छ । गाउँपालिकाको गत पौष २५ गतेको बैठकले सो निर्णय गरेको थियो ।

योग्यता र शिक्षण अनुमति पत्र नभएका कारण कार्यपालिकाको निर्णयले हटाएको शिक्षा शाखा प्रमुख मनिता बरालले बताएकि छन। रिक्त रहेका पदहरुको विषयमा मङ्लबार कार्यपालिकाको वैठकमा छलफल हुने उनले जानकारी दिइन् ।

अघिल्लो गाउँपालिका अध्यक्ष अन्जरा आलमको कार्यकालमा नियुक्त भएका अधिकांशले शिक्षण अनुमतिपत्र नलिएको साथै योग्यता नपुगेको जनाइएको छ । 

यसअघि गत वर्ष कचनकवल गाउँपालिका कार्यालयले ११ जना करार कर्मचारीलाई पनि निष्कासन गरेको थियो।Screenshot_2023-04-19-09-56-14-14_a23b203fd3aafc6dcb84e438dda678b6Screenshot_2023-04-19-09-56-29-91_a23b203fd3aafc6dcb84e438dda678b6Screenshot_2023-04-19-09-56-45-08_a23b203fd3aafc6dcb84e438dda678b6