काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारतको नयाँ दिल्ली लगिंदै।
छातीमा संक्रमण देखिएका उनलाई आज श्री एयरलाइन्सको एयर एम्बुलेन्सबाट नयाँ दिल्ली लैजान लागिएको हो।
पौडेललाई उपचारका लागि नयाँ दिल्ली स्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्समा लैजान लागिएको हो।
स्वास्थ्यमा समस्या आएपछि गत साता तीन दिन अस्पताल बसेर फर्केका उनी मंगलबार बेलुकी फेरि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए।