काठमाडौं  / जबरजस्ती करणीको आरोपमा अदालतमा मुद्दा चलिरहेका प्रतिनिधिसभा सदस्य मोहन बानियाँविरुद्ध थप दुईवटा मुद्दा परेका छन्।

बानियाँविरुद्ध बाँके जिल्ला अदालतमा चेक अनादरको मुद्दा चलिरहेको पाइएको छ भने बाँके प्रहरीमा बैंकिङ कसुरको मुद्दा पनि परेको छ। 

OM Sai Pathibhara Hospital

बानियाँविरुद्ध जबरजस्ती करणीको मुद्दा दायर गर्ने महिलाले नै उनीविरुद्ध थप मुद्दा दायर गरेकी हुन्। 

बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार जेठ १९ गते प्रहरीमा दायर मुद्दामा सांसद बानियाँविरुद्ध बाँके प्रहरीले पक्राउ पुर्जी पनि जारी गरिसकेको छ। 

एसपी अधिकारीका अनुसार बाँके प्रहरीले मुगु प्रहरी र काठमाडौंको बानेश्वर प्रहरीलाई पक्राउ पुर्जी पठाइसकेको छ।