बिर्तामोड / जिल्ला प्रहरी कार्यालय मोरङले बिभिन्न मुद्दामा फरार ४ जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला अदालत मोरङको बिभिन्न मितिको फैसला अनुसार जवरजस्ती करणी मुद्दामा ९ वर्ष १० महिना २२ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी पथरी शनिश्चारे नगरपालिका -९ का ३१ वर्षीय मुकविर राई, जबरजस्ती करणी उद्योग मुद्दामा ३ वर्ष ५ महिना ३ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी सुनवर्षी नगरपालिका -४ का २५ बर्षीय मेघनाथ यादव, सवारी ज्यान मुद्दामा २ बर्ष ११ महिना १५ दिन कैद र ३२ हजार जरिवाना तोकिएका फरार प्रतिवादी सुनवर्षी नगरपालिका – ५ का ४५ बर्षीय गरिव ऋषिदेव, र चोरी मुद्दामा २ महिना १० दिन कैद र २००० जरिवाना तोकिएका फरार प्रतिवादी सुनवर्षी नगरपालिका- ९ का २३ वर्षीय लक्ष्मण मण्डल रहेका छन् ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मोरङका बिभिन्न स्थानहरूबाट पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई मोरङ जिल्ला अदालत बुझाई कैद भुक्तानका लागि मोरङ कारागार कार्यालय पठाइएको छ ।