झापा / डोटीमा फट्के तर्ने क्रममा सेती नदीमा खसेर एक जना गर्भवती महिलाको मृत्यु भएको छ । रोपाइ गर्नका लागि नदी पारी रहेको खेतमा जान खोज्दा आदर्श गाउपालिका- ६ की १८ वर्षीया ढुल्लु अधिकारीको फट्केबाट नदीमा खसेर मृत्यु भएको हो ।
गत मङ्सिरमा विवाह गरेकी उनको शव फट्के नजिकै फेला परेको थापाले बताए । गत वर्षको कात्तिकमा आएको बाढीले सेती नदीको झोलुङ्गे पुल बगाएपछि स्थानीय बासिन्दाले अस्थायी फट्के हालेर ओहोरदोहोर गरिरहेका छन् ।