काठमाडौँ / सरकारले मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता एवम् सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र काकीले जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका १९ निर्णयहरू सार्वजनिक गरेका हुन् ।
सरकारले सार्वजनिक खरिद पुनरावलोकन समितिका अध्यक्ष भीमकुमार ओझाले दिएको राजीनामा स्वीकृत गर्दै मोहनकृष्ण सापकोटालाई नियुक्ति गरेको छ।
त्यस्तै नेपालका लागि अस्ट्रियाका अवैतनिक वाणिज्य दूत राजेशबाबु श्रेष्ठलाई अस्ट्रियाबाट प्रदान गरिने डेकोरेसन अफ अनर इन सिल्भर र द ब्रिगेड अफ गुर्खाजका भूपू सैनिकहरु धर्मराज तामाङ र वीरबहादुर थापालाई बेलायती महारानीबाट प्रदान गरिने ब्रिटिश इम्पाइर मेडल पदक ग्रहण गर्न स्वीकृति दिने लगायतका विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।