झापा / लोपउन्मुख रेड (हाब्रे) पाण्डा संरक्षणका लागि प्रदेश १ सरकारले बजेट विनियोजन गरेको छ । प्रदेश १ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशको इलाम लगायतका जिल्लामा पाइने रेड पाण्डा संरक्षणमा बजेट छुट्याइएको बताए । 

यस्तै पर्यटकीय क्षेत्र तीन जुरे मिल्के जलजले क्षेत्रको बन  र झापाको जलथलमा रहेको सामुदायिक बनलाई नमूना बन बनाउने बताएका छन् ।