काठमाडौं  / कानुनमन्त्री गोविन्द बन्दीले विवाहको हदम्याद सम्बन्धि कानुनको समीक्षा भइरहेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभामा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री बन्दीले १८ वर्षमै विवाह गर्न पाउने कानुन बनाउने विषयमा छलफल भइरहेको बताए ।

OM Sai Pathibhara Hospital

‘१६ वर्षमा नागरिकता पाउँछ । १८ बजे भोट हाल्छ । विवाह गर्न २० वर्ष कुर्नुपर्छ । विवाह गर्न २० वर्षसम्म कुनुपर्ने कुनै मापदण्डले देखाउँदैन,’ उनले भने, ‘यसले बरु अपराध बढाउने काम भइरहेको छ । बालविवाहमा सजाय भइरहेको छ । यसमा रिभ्यू गर्नैपर्छ ।’

कानुन मन्त्रालयले यसको भिभ्यू थालिसकेको उनको भनाइ छ ।