एजेन्सी / मेक्सिकोमा प्रहरी गोली लागेर १० जना बन्दुकधारीको मृत्यु भएको बताइएको छ । मेक्सिकोको टेक्सकल्टालिन नगरपालिकामा प्रहरीले गरेको कारबाहीमा ती बन्दुकधारी मारिएका बताइएको छ ।

सो क्षेत्रमा सरकारी अधिकारीहरूले त्यहाँ विभिन्न अपराधमा परेका मानिसहरूलाई पक्राउका लागि पुर्जी लिएर गएका थिए । त्यस क्रममा त्यहाँ रहेका बन्दुकधारीहरूले सो सरकारी टोलीमाथि नै गोली चलाएका थिए ।
त्यस क्रममा प्रहरीले गरेको कारबाहीमा परेर ती बन्दुकधारी मारिएका प्रहरी अधिकारीले जनाएका छन् । त्यस कारबाहीका क्रममा अरु सात जना बन्दुकधारीलाई पक्राउ गरिएको छ । पक्राउ परेकामा चार जना प्रहरीको गोली लागेर घाइते भएका पनि रहेका छन् ।