झापा / हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय आज (असार १ गते) बाट खारेज भएको छ।
आर्थिक सङ्कटको जोखिम रोक्ने उद्देश्यले सरकारले १ जेठबाट सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
तर, लगातार दुई दिन बिदा प्रभावकारी नदेखिएको भन्दै सडक देखि सदनसम्म सरकारको आलोचना हुन थालेपछि यो निर्णयबाट सरकार पछि हटेको हो ।
सरकारले जेठ १ गतेबाट दुई दिन बिदा दिने निर्णय गरेसँगै बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गरिएको थियो।
सरकारको निर्णय खारेज भएसँगै कार्यालय समय पनि पहिलेकै कायम गरिएको छ। अब बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कार्यालय समय तोकिएको छ।