ओखलढुङ्गा  / ओखलढुङ्गामा जंगली च्याउ खादा २ जनाको मृत्यु भएको छ भने दुई जना बिरामी भएका छन् । 

२८ जेठमा आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका ९३ बर्षिया मनमाया बिष्ट, २७ वर्षीय राजन बिष्ट, राजनकी श्रीमती २४ वर्षीया ढक कुमारी लामिछाने र ३ बर्षिया छोरी सरिस्मा बिष्ट बिरामी भएका थिए । 

OM Sai Pathibhara Hospital

च्याउ खाएर बिरामी भएका चारै जनालाई उपचारको लागी मिसन अस्पताल ओखलढुङ्गा पठाइएकोमा उपचारको क्रममा ढक कुमारी बिष्टको सोही अस्पतालमा मृत्यु भएको थियो । 

ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार अन्य तिन जनालाई थप उपचारको लागी काठमाडौँस्थित टिचिङ अस्पताल पठाइएको थियो । तीन जनामध्ये मनमाया बिष्टको मंगलबार राती उपचारको क्रममा मृत्यु भएको छ । 

त्यस्तै अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।