काठमाडौं  / राष्ट्रिय सभाको बैठक असार २ गते बस्ने भएको छ ।

संसद् सचिवालयले असार १ गते बुधबारको राष्ट्रियसभा बैठक २ गतेका लागि सारेको जनाएको छ ।
संघीय संसद्का महासचिव डा. भरतराज गौतमले मंगलबार विज्ञप्ति जारी गरी असार २ गते विहीबार दिउँसो १ बजेका लागि राष्ट्रियसभा बैठक तोकिएको जनाएका हुन् ।