ओखलढुङ्गा / ओखलढुङ्गाको चम्पादेवि गाउँपालिका- ३ पाखुरेडाँडामा ढुँङ्गाले किचेर एक बालकको मृत्यु भएको छ । सोमवार बेलुका साढे ५  बजे  चम्पादेवी- ३ ताप्केडाँडामा साथिहरुसँग चुथ्रो खान गएका ओत बहादुर श्रेष्ठका ६ वर्षीय छोरा भीम बहादुर श्रेष्ठलाई अचानक भिर माथिबाट झरेको ढुङ्गाले टाउकोमा लागि गम्भिर घाईते भएका थिए ।

ढुङ्गाले किचेर गम्भिर घाईते भएका बालकलाई उपचारको लागी स्थानीय स्वास्थ्य चौकी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरी टोलीले घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।