बिर्तामोड / नेपाली चलचित्र क्षेत्रमा सबैभन्दा धेरै कमाई गरेर किर्तिमान कायम गरेको नेपाली फिल्म कबड्डी- ४ को सिक्किममा प्रर्दशनमा रोक लगाइएको छ । कबड्डी- ४ ले बौद्ध धर्म र भिक्षुलाई अन्याय गरेको भन्दै सिक्किममा उक्त चलचित्र रोक गर्न माग गरिएको थियो ।

बौद्ध भिक्षु फुर्वा तामाङ र चलचित्रकी नायिका मेरुना मगरको विवादपछि सिक्किममा प्रदर्शन रोक लगाइएको हो ।
कबड्डी- ४ ले लामाको आस्थामा प्रहार भएको भन्दै चलचित्र सिक्किममा प्रर्दशनी भएमा सबै लामाहरु सडकमा उत्रिने सिक्किमका बौद्ध धर्मगुरु ओङदी पिन्त्सोले जेठ २२ गते पत्रकार सम्मेलन गरेका थिए ।
सोही विवाद समाधान नहुन्जेलसम्म चलचित्र सिक्किममा रोक गर्ने सिक्किम सरकारले निर्णय गरेको हो ।