बिर्तामोड / मोरङको विराटनगर महानगरपालिका -१४ रानी - विराटनगर सडक खण्डमा बुलेट मोटरसाइकलको ठक्करबाट पैदलयात्री को मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय मजेबुल मिया रहेको प्रहरीले जनाएको छ ।

मंगलबार (आज) बिहान साढे ८ बजे  बिराटनगरतर्फ जाँदै गरेको सो मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेका मियालाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका मियालाई विराटनगर स्थित न्युरो अस्पताल लगिए पनि उपचारको क्रममा मृत्यु भएको हो ।

OM Sai Pathibhara Hospital

मोटरसाइकल र चालक भारत मझपुरका ५९ वर्षीय बिन्देश्वर रामलाइ इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिई  घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।