झापा / पाँचथरमा घाँस काट्ने क्रममा भीरबाट लडेर पाँचथरमा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा फाल्गुनन्द गाउँपालिका वडा नं- ७ फुङप्रसाद आङदेम्बेकी श्रीमती ५५ वर्षीया टीका सेर्मा रहेको प्रहरीले जनाएको छ ।
गाउँकै उत्ताने भीरमा घाँस काट्न गएकी सेर्मालाई लडेर मृत्यु भएका अवस्थामा स्थानीयवासीले सोमबार फेला पारेका थिए ।मृतकको शवलाई शव परीक्षणका लागि जिल्ला अस्पताल पाँचथरमा पुर्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।