ओखलढुङ्गा / ओखलढुङ्गामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिद्धिचरण नगरपालिका –३ का ३२ वर्षीय केवल भुजेल, ३१ वर्षीय डम्बर भुजेल र सोही नगरपालिका –२ बस्ने ४० वर्षीय पुर्ण प्रसाद फुयाँल रहेका छन् ।
२७ वैशाखमा बालिकालाई विभिन्न प्रलोभनमा पारी र डर धाक धम्की देखाई सामूहिक बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।