झापा / पर्साको बहुदरमाई नगरपालिका- २ सिसियाडी बैरियाटोल बस्ने ४० वर्षीय राजेश रामको हत्या संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जगरनाथपुर गाउँपालिका- ६ बस्ने ४५ वर्षीय हिरामान महरा, ३६ वर्षीय रामबालक महरा, ४० वर्षीया बसन्ती देवी, ३५ वर्षीया सुनिता देवी र २२ वर्षीया रिंकु देवी रहेका छन् । शनिबार बिहान जगरनाथपुर गाउँपालिका- ६ स्थित नारा खोलाको खोल्सामा राजेशको शव फेला परेको थियो ।
उनीहरूमध्ये हिरामान, बसन्ती, सुनिता र रिङ्कुलाई शनिबार तथा रामबालकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । जेठ २४ गते आफ्नै दिदीको घरमा आई बसेका राजेश रामलाई शनिबार राति मृतकको भिनाजु हिरामान महरा समेत परिवारका ५ जना सदस्य मिली घाँटी कसेर हत्या गरी खोल्सामा शव फालेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूमाथि ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।