सोलुखुम्बु  / सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका दुई जना विदेशी पर्यटक २४ दिनदेखि बेपत्ता भएका छन्। 

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार गत जेठ ५ गते खुम्बु आएका भारतीय नागरिक ३१ वर्षीय सिरनाथ चन्द्र मोहोन र कोरियन नागरिक ५० वर्षीया योहन सम्पर्कविहीन भएका हुन् ।

OM Sai Pathibhara Hospital

जेठ ५ गते मन्जो चेकपोष्टमा इन्ट्रि भएर आधारशिविरतर्फ लागेका ती दुवै पर्यटक त्यस यता सम्पर्कमा आउन नसकेका प्रहरी निरीक्षक उमाशंकरप्रसाद शाहले बताए । 

भारतीय नागरिक सम्पर्कविहीन भएको भन्दै खोजीमा सहयोग गरिदिन भारतीय दूतावासबाट टेलिफोन आएको र कोरियन नागरिक परिवारको सम्पर्कमा नभएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ। 

पथ प्रदर्शकबिना खुम्बु घुम्न आएका उनीहरूको खोजी कार्यलाई तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।